स्थानीय तह निर्वाचन: मकवानपुरमा ६५ प्रतिशत मत खसेको अनुमान

छहारी संवाददाता
बैशाख ३०, २०७९

आज सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुर जिल्लामा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

निर्वाचन आयोगले तोकेको मकवानपुरका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको अवधिमा उक्त संख्यामा मतदान भएको कार्यालयले जनाएको छ ।

यद्यपि एकिन तथ्यांक आउन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका सबै स्थानीय तहहरुमा मतपेटीका संकलनको कार्य भईरहको र केहि स्थानीय तहको मतगणना आजै रातिबाट सुरु हुनसक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*