स्थानीय तह निर्वाचन: हेटौंडा उपमहानगरको मतगणना आजै रातिबाट शिद्धार्थ माविमा हुने

छहारी संवाददाता
बैशाख ३०, २०७९

हेटौंडा उपमहानगरपालिकाको मतगणना शिद्धार्थ माध्यमिक बिद्यालयमा हुने भएको छ । मतगणनाका लागि सबै तयारी पुरा भएको र आजै रातीबाट नै मतगणना गर्नेगरी तयारी पनि थालिएको छ ।                                              हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका प्राप्त भएपछी मतगणनाको काम सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । अहिले हेटौंडाका बिभीन्न वडाहरुबाट मतपेटीका संकलनको काम भइरहेको छ ।

हेटौंडाका नजिकका वडाहरुबाट मतपेटीका आइरहेको छ । टाढाका वडाहरुबाट पनि गाडीको व्यावस्थापन गरेर मतपेटीका ल्याउने काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायतकाको सहयोगमा मतपेटीकाहरु संकलन भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*