स्थानीय तह निर्वाचन: मतगणना आजै सुरु हुने
स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ । ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मा भने आज मतदान भएको छैन । महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो । सभार: हेडम्बा न्युज डटकम ।