स्थानीय तह निर्वाचन: गोर्खाको ताराखसे मतदान केन्द्रमा गोली चल्यो

छहारी संवाददाता
बैशाख ३०, २०७९

गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् । उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए ।                                        गोरखाका एसपी केदार खनालले भने, ‘ माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे । झडपलाई नियन्णत्रमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् ।’ मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए । साभार: अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*