स्थानीय तह निर्वाचनः मतदाताले जाँडरक्सी सेवन गरी मतदानस्थलमा प्रवेश गरे कार्वाही हुने

छहारी संवाददाता
बैशाख २९, २०७९

निर्वाचन आयोगले भोली हुने स्थानीय तह निर्वाचनमा जाँडरक्सी सेवन गरी मतदानस्थलमा प्रवेश गर्न रोक लगाएको छ ।

तदाताले मतदानस्थलमा जाँडरक्सी सेवन गरी प्रवेश गरेको भेटिए कानुन बमोजिम कार्वाही हुने आयोगले चेतावनी दिएको छ । आयोगले निर्वाचन निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

यस्तै मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियार लगायतका वस्तु लैजान नपाइने उल्लेख छ। आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*