स्थानीय तह निर्वाचनः देशभरका सबै विद्यालयमा ६ दिन पठनपाठन ठप्प

छहारी संवाददाता
बैशाख २८, २०७९

सरकारले पर्सी ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशभरका सबै विद्यालय ६ दिन बिदा दिने निर्णय गरेको छ ।

सरकारले विद्यालयमा मतदान केन्द्र रहने, शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने तथा अन्य जिल्लाहरुमा मतदान गर्न जानुपर्ने भएकाले बुधबारदेखि ६ दिन बिदा दिने निर्णय गरेको जनाएको छ । यसअघि मतदानको दिन ३० गते मात्रै बिदा दिने निर्णय भएको थियो ।

हाल देशभर करिब २७ हजार सामुदायिक तथा करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी देशभर रहेका करिब ३५ हजार विद्यालयमा यो ६ दिन पठनपाठन ठप्प हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*