स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु

छहारी संवाददाता
बैशाख २८, २०७९

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ ।

अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् । यस अवधिको अनुगमन कामलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाईंदैन ।

यस अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।

यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडिअर्थात् हिजो मङ्गलबार राति १२ बजेदेखि सुरु भएको हो । मोन अवधीमा एसएमएस, भाइबर, फेसबुक, टिकटक लगायतका सामाजिक संजालमा समेत प्रचार प्रचार गर्न रोक लगाइएको छ । यसको अनुुुगमन नेपाली सेना र नेपाल प्रहरीको साइवर ब्यूरोले गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*