मकवानपुरका ३६५ मतदान केन्द्रमा आज मतदान अधिकृत सहितका कर्मचारी पुग्दै

छहारी संवाददाता
बैशाख २७, २०७९

मकवानपुर जिल्लाको दश वटा स्थानीय तहमा रहेका एक सय ६५ मतदान स्थल अन्र्तगतका ३ सय ६५ मतदानकेन्द्रहरुमा आज मतदान अधिकृत सहितका कर्मचारीहरु पुग्दैछन् । जिल्लाको विकट गाउँपालिकाका मतदान केन्द्रमा भने हिजोनै मतदान अधिकृतहरु खटिइसकेका छन् ।

आज बेलुका सम्ममा मतदानका लागि चाहिने सबै सामान लिएर मतदान अधिकृतहरु सम्वन्धीत मतदान केन्द्रमा पुगिसक्नुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयमा आज पनि बिहानै देखि मतदानका दिन चाहिने आवस्यक सामाग्री लिनका लागि कर्मचारीहरुको निकै भिड रहेको छ । दिनभरजसो कर्मचारीहरु निर्वाचन कार्यालयमा मतपेटीका, मतपत्र लगायतका सामाग्री बुझ्नमा व्यस्त रहेका छन् ।

आज नै जिल्लाका ३ सय ६५ मतदान केन्द्रमा खटिनुपर्ने भएकाले पनि कर्मचारीहरुलाई मतपेटीका, मतपत्र, लगायतका सामाग्री बुझ्नका लागि भ्याइ नभ्याइ रहेको छ ।

मकवानपुरमा ३ सय ५६ मतदान केन्द्रमा खटिने कर्मचारीलाई मतदान केन्द्रको व्यवस्थापन, मतदानलाई व्यवस्थित गर्ने जस्ता कार्यहरुबारे तालिम दिईएको छ । मकवानपुरमा ५ सय सम्म मतदाता रहेको मतदान केन्द्रमा ७ जना निर्वाचन अधिकृत र ५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित ८ जना कर्मचारी टोलि खटिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*