गठबन्धनको जित सुनिश्चितः कांग्रेस सचिव पाठक

छहारी संवाददाता
बैशाख २३, २०७९

नेपाली काांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले मकवानपुरमा आसन्न स्थानिय चुनाव नजिकिदै गर्दा मकवानपुरमा गठबन्धनबाट उम्मेदवार बन्नेहरुको जित सुनिश्चित भएको बताउनुभएको छ ।

आज मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ को संयुक्त चुनावीसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव पाठकले लोभ लालचमा नफसिकन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले वडावडामा पनि मित्रवत् प्रतिस्पर्धा गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादीकेन्द्रमा दुबै दल कमजोर भएको स्थानमा एकले अर्कोलाई सघाउन सुझाउनुभयो । संविधान र लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एकजुट भएका दलहरुको गठबन्धन भएकोले पनि यस गठबन्धनले निकै महत्व बोकेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*