बागमती गाउँपालिकाका सेवा सुविधा दिन भेदभाव नहुनेः नेता पुलामी

छहारी संवाददाता
बैशाख २३, २०७९

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामीले गठबन्धनले जितेको पालिकामा सेवाप्रदान गर्दा भेदभाव नगर्ने बताउनुभएको छ ।

मकवानपुरको बागमती पालिकामा भएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनका उम्मेदवारले जितेको स्थानमा समानरुपले बजेट विनियोजन गर्ने र समानसेवा प्रदान गर्न तत्पर रहेको बताउदै उहाँले भएका कार्यको कुप्रचार नगर्न सुझाउनुभयो ।

मकवानपुरको पालिकाहरुमा गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चित भएको बताउदै उहाँले अब डर, लोभ र भयमा मत प्राप्त नहुने समेत बताउनुभयो । एकदिन मिठो खुवाएर मतदाता फकाउन खोज्नेलाई मतदाताले चिन्ने र यस्ता गतिविधीले मतदाताको अपमान समेत हुने हुँदा बिभिन्न प्रलोभन देखाउन र एकदिने सामग्री वितरण गरेर प्रभावमा पार्ने कोशिस रोक्नुपर्ने उहाँको तर्क रहेको छ ।

बाग्मती पालिकाको वडास्तरमा मित्रवत् प्रतिस्पर्धामा रहेको गठबन्धन दलका उम्मेदवारहरुले आफुले नसक्ने स्थानमा अर्को दललाई सघाउने उहाँको भनाई छ । उक्त वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवै दलका वडा अध्यक्षका उम्मेवारले आफुले प्राप्त गर्ने सेवा सुविधा जनतामा लगाउने घोषणा गर्नुभयो साथै विजेताले उपविजेतालाई साथमा लिएर अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*