थाहा नगरका मेयर बिष्टले दिए राजीनामा

पार्टीको चुनावी प्रचारप्रसारमा लाग्दा आचारसंहिता विपरित कार्य हुने भएपछि राजीनामा दिएको बिष्टको भनाई
छहारी संवाददाता
बैशाख २२, २०७९

थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले राजीनामा दिनुभएको छ ।

पदमा रहेर पार्टीको प्रचारप्रसारमा हिड्न आचारसंहिताले नदिएको भन्दै बिहीबार दिउँसो मेयर बिष्टले उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा दिनुभएको हो । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्दा आचारसंहिता विपरित कार्य हुने भएपछि राजीनामा दिएको बिष्टले बताउनुभयो ।

माओवादी केन्द्रबाट थाहा नगरपालिकाका आधिकारिक उम्मेद्वार बिष्णु बिष्टलाई जिताउन अब उहाँ चुनावी अभियानमा लाग्नु हुनेछ । पाँच वर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको वर्तमान नेतृत्वलाई नै जनताले पुन जिताउन खोजे पनि बिष्टले एक कार्यकाल मात्र काम गर्ने भनेर दोहो¥याउन चाहनु भएन ।

विष्टले आफ्नो कार्यकालमा थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहको रुपमा परिचित गराउन सफल हनुभयो । उहाँकै पालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*