स्थानीय तह निर्वाचनः मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा आइपुग्यो

मकवानपुरका सबै मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज र भोली हेटौंडामा तालिम दिइसकेपछी मतपत्र हस्तान्तरण गरी पठाइने
छहारी संवाददाता
बैशाख २२, २०७९

निर्वाचन आयोगले पठाएको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा आइपुगेको छ ।

मकवानपुरका दश वटै स्थानीय तहमागरी कुल ३ लाख २५ हजार वटा मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहयाक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । हेटौंडामा आइपुगेको मतपत्र हरेक स्थानीय तहका मतदान केन्द्रका अधिकृत र सहायक मतदान अधिकृतको जिम्मामा पठाइने उहाँले बताउनुभयो ।

निर्वाचन कार्यालयले मतदान अधिकृतलाई हस्तान्तरण गर्ने ६४ प्रकारका सामग्रीसंगै मतपत्र समेत पठाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो ।

मकवानपुरका सबै मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज र भोली हेटौंडामा तालिम दिइसकेपछी मतपत्र हस्तान्तरण गरी पठाइने शर्माले बताउनुभयो । आज र भोली मकवापनुरका दश वटै स्थानीय तहका ३ सय ६५ मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतलाई तालिम दिइदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*