स्थानीय तह निर्वाचनः मकवानपुरका ३६५ मतदान केन्द्रमा एक हजार ८ सय जना कर्मचारी खटिने

छहारी संवाददाता
बैशाख २२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरका विभिन्न मतदान केन्द्रमा ठुलो संख्यामा सरकारी कर्मचारी खटिने छन् ।

दश वटै स्थानीय तहका एक सय २ वटा वडामा रहेका ३ सय ६५ मतदान केन्द्रमा एक हजार ८ सय जना कर्मचारी खटिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरु निर्वाचनको तीन दिन अगाडी तोकिएको मतदान केन्द्रमा पुग्नुपर्ने पर्नेछ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदात अधिकृतको निर्देशनमा काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । मकवानपुरका एक सय ६५ वटा मतदान केन्द्रमा एक हजार ८ सय कर्मचारी पर्याप्त रहेको उहाँले बताउनुभयो ।

मकवानपुरमा ३ हजार ४ सय जना सरकारी कर्मचारी कार्यरत छन् । अझै एक हजार ६ सय कर्मचारी मौजदात रहेका छन् । कर्मचारी पर्याप्त भएका कारण पनि यस पटकको स्थानीय तहको चुनावमा शिक्षकहरुलाई नखटाइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*