भोटको लागि लालपुर्जा बाँडिएको भन्ने कुरा सत्य होइनः सर्केश घलान

छहारी संवाददाता
बैशाख २१, २०७९

स्थानिय तह निर्वाचनमा बागमती गाउँपालिकाको अध्यक्षका उम्मेद्वार सर्केश घलानले भोटको लागि लालपुर्जा बाँडिएको भन्ने कुरा सत्य नभएको बताउनु भएको छ ।

मंगलबार सत्तारुढ गठबन्धनले वडा नम्बर ३ कुटीभकारीमा आयोजना गरेको कार्यक्रममा उहाँले बर्षौदेखि थाँती रहेको भूमिहिन सुकुम्बासीको अधिकार स्थापित मात्र गर्न चाहेको बताउनुभयो । उहाँले आफु जनप्रतिनिधी हुदाँ यस क्षेत्रमा विकासको लहर आएको दाबी गर्नुभयो ।

‘घर आँगनमा बिजुली पुर्‍याईयो, घर(घरमा धारा बनाईयो, पहरा फोरेर बाटो बनाईयो तर यतिले मात्र समाज सम्वृद्ध नहुने रैछ । हरेक युवा स्वरोजगार भए, किसानहरु आफ्नो मेहनत र परिश्रमबाट सन्तुष्ट भएमात्र समृद्धी आउछ – घलानले भन्नुभयो । ’

अध्यक्षका उम्मेदवार घलानले गाउँपालिकामा आफुले देखेका अधुरा सपनालाई पुरा गर्न पनि पुनः उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफु बिजयी भए सडकलाई कालोपत्रे गरेर यहाँका जनतालाई सहजत बनाइने बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत कुरालाई प्राथमिकतामा राख्ने आफ्नो योजना भएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*