मकवानपुरका विभिन्न राजनीतिक दलहरु घरदैलोमा व्यस्त

छहारी संवाददाता
बैशाख २१, २०७९

मकवानपुरका विभिन्न राजनीतिक दलहरु टोलटोलमा पुगेर सभा तथा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

यहि वैशाख ३० गते हुने स्थानीय तहमा निर्वाचनमा देशभरी जस्तै राजनीतिक दलहरु मकवानपुरका दश स्थानीय तहका १ सय २ वडाका टोलटोलमा पुगेका छन् ।

यस्तै स्वतत्त्र उम्मेदवारहरु पनि घरदैलो अभियानलाई तिब्रता दिएका छन् । ठुला आमसभा राख्दा खर्च पनि धेरै हुने र सभामा आउनका लागि कार्यकर्ताहरुले पनि दुख पाउने भएकाले सभामा कमै मात्र जोड दिइएको दलका नेताहरु बताउँछन् ।

आमसभा गर्दा सवारीका साधनको व्यावस्था गर्नुपर्ने, कार्यकर्ताले पनि घरको सबै काम छोडेर आउनुपर्ने लगायतका समस्याले पनि जिल्ला र स्थानीय तह स्तरका आमसभा नगरिएको दलहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*