स्थानिय तह निर्वाचनः उम्मेद्वारी दिएकाको नामावली आज प्रकाशन हुने

छहारी संवाददाता
बैशाख १५, २०७९

वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुनेछ ।

मनोनयनपत्र जाँचसंगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानविन गरी निर्णय गरेर आज साँझ पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*