नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग

छहारी संवाददाता
बैशाख १४, २०७९

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गर्नु भएको छ ।

स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै उहाँले पार्टी परित्यागको घोषणा गर्नु भएको हो ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँसंगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गर्नु भएको छ । डीसीले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेकोभन्दै पार्टी परित्याग गरेको बताउनुभयो ।

उहाँहरुले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने बताउनु भएको छ । पोखरेलले पार्टीभित्र हेटौंडा उपमहानगरको मेयरको दावी समेत गर्नु भएको थियो । तर नेकपा ९एस० ले नेत्रृ मीना लामालाई सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको टिकट दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*