बकैया गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट माझीको उम्मेद्वारी

भौतिक, आर्थिक विकाससंगै मानवीय विकासमा विशेष जोड दिनेछुः माझी
छहारी संवाददाता
बैशाख १३, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी कृपा र उपाध्यक्षमा भक्त खत्रीले उम्मेद्वारी दिनु भएको छ ।

उम्मेद्वारी दर्ता पछि प्रतिक्रिया दिँदै माझीले बकैयाका अधुरा काम पूरा गर्न आफुले उम्मेद्वारी दिएको बताउनु भएको छ । उहाँले भुमिहिन दलित सुकुम्बासीलाई लाल पुर्जा वितरण आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो । भौतिक, आर्थिक विकाससंगै मानवीय विकासमा आफ्नो विशेष जोड रहने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्षमा विजयी भए अति सिमान्तकृत, दलित र विपन्न वर्गलाई उच्च राखी प्राविधिक शिक्षाको लागि ऋण अनुदानको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

यस्तै विपन्न सिमान्तकृत दलित र विपन्न महिला तथा बेरोजगार युवाहरुको लागि स्थानीय श्रोत साधानको पहिचान गरी व्यवसायिक तालीम गर्दै औद्योगिकारणको लागि नितिगत रुपमै जोड दिने उहाँको भनाई छ । उहाँले जनयुद्धका घाइते अपाङ्ग र सहिद परिवार, द्वन्द्व प्रभावित बेपत्ता परिवारको सम्मान र संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने समेत बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*