बकैया गाउँपालिका अध्यक्षका लागि ८ जनाको उम्मेद्वारी

छहारी संवाददाता
बैशाख १३, २०७९

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा ८ जना र उपाध्यक्षमा ६ जनाले उम्म्द्वारी दिएका छन् ।

सत्तारुण गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)ले पनि आ-आफ्नै दाबी सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र १२ वटै वडाहरुमा वडा अध्यक्षको दाबी गर्दै उम्मेद्वारी दर्ता गरेको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पदको लागि नेपाली कांग्रेसबाट धर्म लामिछाने, नेकपा एमालेबाट सरला बोलखे, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी, नेकपा मालेबाट कुमार बहादुर संजले, नेकपा (एकिकृत समाजवादी) बाट नारायण तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम प्रसाद दाहाल, जनता समाजवादी पार्टीबाट मान बहादुर माझी र स्वतन्त्रबाट कृष्ण घिमिरेले उम्मेद्वारी दिनु भएको हो ।

यस्तै उपाध्यक्ष पदको नेपाली कांग्रेसबाट छाया अधिकारी, नेकपा एमालेबाट लालबहादुर स्याङ्तान, नेकपा माओवादीबाट भक्त बहादुर खत्री, राप्रपाबाट सावित्री राई, जसपाबाट मिरा वाईवा, एकिकृत समाजवादीबाट उर्मिला राईको उम्मेद्वारी परेको छ । ५ दलीय गठबन्धनमा आबद्ध दलहरुले बकैयामा सहमति भएको अवस्थामा उम्मेद्वारी फिर्ता लिने र सहमति नभएमा सबै दलहरुसंग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दा जाने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*