स्थानीय तह निर्वाचनः हेटौंडाको मेयरमा १७ र उपमेयरमा ९ जनाको उम्मेद्वारी दर्ता

छहारी संवाददाता
बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि १६ जना र उपमेयरको लागि ९ जनाको उम्मेद्वारी परेको छ ।

विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १६ जनाको उम्मेद्वारी परेको र्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मेयरका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामा, राप्रपाबाट दिपकबहादुर सिंहको उम्मेद्वारी परेको हो ।

यस्तै मेयरमा नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट, रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाको उम्मेद्वारी परेको छ ।

यसैगरी कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलको स्वतन्त्र उम्मेद्वारी दिनु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै हेटौंडाको उपमेयरमा ९ जनाको उम्मेद्वारी परेको छ । सोमबार हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर विभिन्न दलका ८ जना र एक स्वतन्त्र गरी ९ जनाले उपमेयरमा उम्मेद्वारी दिएका हुन् ।

उपमेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपानेको उम्मेद्वारी परेको हो ।

यस्तै सुरज पाण्डेले स्वतन्त्र उम्मेद्वारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*