स्थानीय तह निर्वाचनः हेटौंडाको मेयरमा राप्रपाबाट दिपकबहादुर सिंहको उम्मेद्वारी

छहारी संवाददाता
बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपकबहादुर सिंहले हेटौंडा उपमहानगरपालिको मेयरका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

यस्तै उपमेयरका लागि इन्दिरा न्यौपानेको उम्मेदवारी परेको छ । रयाली र बाजागाजा सहित नेता कार्यकर्ता लिएर सिंह र न्यौपाने मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो ।

यसैबीच हेटौंडा उपमानगरपालिकामा ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपा नेपालको तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसंगै गठबन्धनबाट जसपा बाहिरिएको हो ।

यसअघि आजै, गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिना लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बाँनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*