स्थानीय निर्वाचनः हेटौंडाको मेयरमा एमालेबाट पौडेल र उपमेयरमा काफ्लेको उम्मेदवारी दर्ता

छहारी संवाददाता
बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपलिकाको मेयरमा अनन्त पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बाजागाजा झाँकी सहित हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्था गराउनु भएको हो । यस्तै एमालेबाट उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिनुभएको छ ।

उम्मेद्वारी दर्ता पछिी पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको विकासमा आफुले काम गर्ने बताउनुभयो । ट्राफिक व्यवस्थापन, सडक व्यवस्थापन आफ्नो प्राथमिकताको विषय भएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*