स्थानीय तह निर्वाचन: गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको उमेदवारी दर्ता

छहारी संवाददाता
बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामाले उमेदवारी दर्ता गराउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट लामाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दिनु भएको हो । लामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित हुनुभएको थियो । गठबन्धनमा आवद्ध दलहरुले हेटौंडाको मेयरमा नेकपा (एस) र उपमेयरमा कांग्रेसलाई भागवन्डा मिलाएका थिए ।

त्यस्तै, उपमेयरको लागि कांग्रेसबाट राजेश बाँनियाले उमेदवारी दर्ता गराउनुभएको छ । यस अघिको स्थानिय तह निर्वाचनमा बाँनिया हेटौंडा उपमहानगरपालिका—५ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*