हेटौंडाको मेयरका लागि ६ र उपमेयरका लागि २ जनाको उम्मेद्वारी दर्ता

छहारी संवाददाता
बैशाख ११, २०७९

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयरका लागि ६ जनाको उम्मेद्वार परेको छ ।

आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ४ र स्वतन्त्र २ गरी ६ जनाले मेयर पदको लागि उम्मेद्वारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतमले उम्मेद्वारी दिनु भएको हो ।

यस्तै स्वतन्त्रबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेद्वारी दिनु भएको छ । यसैगरी उपमेयरका लागि २ जनाको उम्मेद्वारी परेको छ । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरी र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाको उम्मेद्वारी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*