स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने नेपाली कांग्रेस बकैया कार्यसमितिको घोषणा

छहारी संवाददाता
बैशाख ११, २०७९

नेपाली कांग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यलय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसिमित र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरु र अन्य दलहरुसंग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने निर्णय गरेको बताउनुभयो ।

नेपाली कांग्रेस बकैया कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*