श्रमजीवी पत्रकार ऐन कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा अन्तरक्रिया
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा हेटौंडामा अन्तरक्रिया सम्पन्न भएको छ।
न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार मर्यादित हुनुपर्ने भन्दै नजिकिदै गरेको निर्वाचनमा निष्पक्षता देखाउन आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिल पत्रकार हकहितका लागि सदैव काम गर्ने बताउनुभयो ।
यस्तै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजिवि पत्रकार कार्यान्वयनका विषयमा पत्रकारहरुबाट आएको सुझावलाई ग्रहण गर्दै आफ्नो कार्यकालमा ऐन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले श्रमजिवि पत्रकार ऐनलाई व्यवहारिक कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गरिसकेको र ऐन परिवर्तनका छलफल सुरु गरिसकेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघले श्रमजिवि पत्रकारका लागि गरिने छलफल र बहसबाट हकअधिकार प्राप्त गर्न सहयोग पुग्ने भएको छलफल र बहसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले २०५१ सालमा जारी भएको श्रीमजिवि पत्रकार ऐन संशोधन गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
यस्तै ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईले ऐन कार्यान्वयनलाई एजेन्डाका रुपमा नभई प्रयोगात्मक रुपमा लैजान आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल, सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा, नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष धुव्र अधिकारीले सरकारले मिडिया हाउस संचालनका लागि आवश्यक समन्वय गर्नुपर्ने भन्दै विभिन्न संचार माध्यमा काम गर्ने श्रमजिवि पत्रकारको अवस्थामा खासै सुधार नआएको र श्रमजिवि पत्रकार ऐनको कार्यान्वयन सरकारी तथा विग मिडिया हाउसमा सहि ढङ्गले नभएको कुराको अवगत गराएका थिए ।