वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु

छहारी संवाददाता
बैशाख ११, २०७९

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ताका लागि समय तोकेको छ ।
स्थानीय तहको मतदाता नामावलीमा नाम भएका र २१ वर्ष उमेर पुगेका तर फैजदारी अभियोग नलागेका जो सुकै नेपाली नागरिकले उम्मेद्वारी दिन सक्ने आयोगले जनाएको छ ।

उम्मेद्वारको लागि सम्बन्धित पालिकाका मतदाता मध्येबाट एकजना प्रस्तावक र एकजना समर्थक आवश्यक पर्नेछ ।
नगरपालिकाको प्रमुख र उप प्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउनका लागि १ हजार ५ सय रूपैयाँ धरौटी राख्नुपर्छ भने महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्तिले मनोनयन दर्ताका लागि ७ सय ५० रूपैयाँ शुल्क मात्र तिर्नुपर्नेछ ।

वडाध्यक्षमा उम्मेदवारी दिन १ हजार रूपैयाँ शुल्क लाग्ने छ भने वडा सदस्यका लागि ५ सय रुपैयाँ लाग्नेछ । निर्वाचन आयोगले आज र भोलिमा आफ्नो अनुकूल समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्ने पनि जनाएको छ ।

उम्मेद्वारी दर्तामा जाँदा कुनै दलको झण्डा, चिह्न भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ हुने जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*