एमाले मकवानपुरले १० वटै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुङ्गो लगायो

छहारी संवाददाता
बैशाख ११, २०७९

नेकपा एमाले मकवानपुरले १० वटै स्थानीय तहको प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।

टुङ्गो लागेका उम्मेद्वारहरुले आज र भोलीमा सम्वन्धीत पालिकामा गएर उम्मेद्वारी दर्ता गराउने छन् । एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटिले उम्मेद्वारको टुंगो लगाएको बागमती प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो ।

बर्तौलाको अनुसार केन्द्रले टुंगो लगाएको हेटौंडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेद्वार टुंगो लगाएको हो ।

उम्मेद्वारको सूचि यसप्रकार छ ।

हेटौडा उपमहानगरपालिकामा मेयर – अनन्तप्रसाद पौडेल, उपमेयर – सुमित्रा काफ्ले

बागमती गाउँपालिकामा अध्यक्ष –खेमराज जर्गामगर, उपाध्यक्ष –धनमाया स्याङ्तान

बकैया गाउँपालिकामा अध्यक्ष – सरला बोलखे, उपाध्यक्ष –लालबहादु स्याङ्तान

मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष – बिदुर हुँमगाई, उपाध्यक्ष –सन्तु थिङ

भीमफेदी गाउँपालिकामा अध्यक्ष –हिदम लामा, उपाध्यक्ष – पार्वती राना

इन्द्रसरोबर गाउँपालिकामा अध्यक्ष–देबकृष्ण पुडासैनी, उपाध्यक्ष – उमा लामा

थाहा नगरपालिकामा मेयर – अच्युतम ढकाल, उपमेयर– कल्पना बलामी

कैलाश गाउँपालिकामा अध्यक्ष– नरेन्द्रलाल रिजाल, उपाध्यक्ष– सुकुमाया थिङ

राक्सिराङ गाउँपालिकामा अध्यक्ष– बाबुलाल स्याङतान, उपाध्यक्ष – सुन्तलीमाया प्रजा

मनहरी गाउँपालिकामा अध्यक्ष – एकराज उप्रेती, उपाध्यक्ष – सुजिता थिङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*