बागमती प्रदेशसभा सदस्य केशव स्थापितद्वारा राजीनामा
बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य केशव स्थापितले राजीनामा दिनु भएको छ ।
आइतबार बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठलाई उहाँले राजिनामा बुझाउनु भएको हो । नेकपा एमालेबाट काठमाण्डौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिन राजीनामा दिनु भएको हो ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मेयरमा उमेदवारी दिन लाग्नु भएका स्थापितले आफ्नो योजनाका साथ काम गर्ने बताउनुभयो ।