हेटौडाको मेयर आफुहरुले नै पाउनु पर्ने माग गर्दै कांग्रेस पार्टी कार्यालय मकवानपुरमा दिनहुँ पत्रकार सम्मेलन ।
नेपाली कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत लगायतका नेताहरुले पनि हेटौंडाको मेयर कांग्रेसले पाउनु पर्ने माग गरेका छन् ।
बिहिबार पार्टी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै उनिहरुले मेयर कांग्रेसले नपाए छुट्टै उम्मेद्वारी दिने चेतावनी दिए । सरकारमा रहेका गठबन्धन दलहरुले हेटौंडाको मेयर समाजवादीलाई दिने निर्णय गरेपछी मकवनपुरका कांग्रेसका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका हुन् ।
पत्रकार सम्मेलनमा उपसभापति कठायतले आफ्ना नेता कार्यकर्ताको भावना विपरित निर्वाचनमा जाँदा गठबन्धनको आवस्यक्ता, औचित्य र मर्म विपरित परिणाम आए त्यसप्रति आफुहरु जिम्मेवार र जवाफदेही नहुने बताउनुभयो । कांग्रेसले हेटौंडाको मेयर पाए गबन्धनमा रहेका सबै दलहरुलाई सहज रुपमा निर्वाचनमा जाने वातावरण सिर्जना हुने भन्दै उहाँले निर्णय तत्काल सच्याउन माग गर्नुभयो ।
पत्रकार सम्म्ेलनमा उपसभापति आनन्द कठायत, धर्म लामिछाने, सचिव भिमसेन महत, ईश्वर पाठक, सहसचिव ईन्दिरा न्यौपाने, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, महासमिति सदस्य जयराम लामिछाने लगायतका जिल्ला स्तरका नेताहरुका् उपस्थिती रहेको थियो । यसै विषयलाई लिएर हेटौंडा उपमहानगर समितिले बुधबार पत्रकार सम्मेलन गरेको थियो भने