कांग्रेसले हेटौडाको मेयर नपाए एकल प्रतिस्पर्धामा जान्छौंः इटेनी
हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सत्तारुढ गठबन्धनका नेताको निर्णयप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाएको छ ।
सहमतिले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गठबन्धनको निर्णय पुनरावलोकन गर्न माग गरेको छ । समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नेतृत्वको यस्तो निर्णले कार्यकर्ताको मनोभावनामा ठेस पुगेको तथा गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै निर्णय पुनरावलोकन गर्न माग गर्नु भएको हो ।
कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति नभए हेटौंडामा गठबन्धनका दलहरुसंग मित्रवत प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख छ । समितिका पदाधिकारी र सबै वडाका सभापतिहरुको निर्णय अनुसार मेयरको टिकट नपाए गठबन्धनका दलहरुसंग कांग्रेस मित्रवत प्रतिस्पर्धाको आधारमा एकल रुपमा चुनावी प्रतियपर्धामा जाने विज्ञप्तिमा जनाइएको छ ।