प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा पत्रकार गजुरेल

छहारी संवाददाता
चैत्र १३, २०७८

प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा मञ्च प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा पत्रकार रामहरि गजुरेल ‘संकल्प’ सर्वसम्मत चयन हुनु भएको छ ।

विदुरमा भएको चौँथो जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा पौडेल ‘सुमी’ सह-सचिवमा विविना लामिछाने र कोषाध्यक्षमा सम्भु गजुरेल ‘अज्ञानी’ चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा प्रदिपकुमार भट्ट, दुर्गा पनेरु, राजकुमारी खड्का, शुसिला नेपाल, काजी खान, रामेश्वर गजुरेल, सुदन लामिछाने र कोपिला अर्याल चयन भएका छन् । अधिवेशनमा सहभागी लेखकहरुले नेपालकै पहिलो र प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा संगठनको रुपमा २००९ सालमा स्थापना भएको यस संघले लामो इतिहास बोकेको चर्चा गर्नुभयो ।उहाँहरुले यसले समाज परिवर्तनमा सशक्त भूमिका निभाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजकुमार पुत्ला, पुर्वअध्यक्ष नवदिप अजनवी, पुर्व उपाध्यक्ष रामप्रसाद प्याकुरेल, पुर्व सचिव बद्री प्याकुरेल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, उपाध्यक्ष जमुना गजुरेल, सचिव जगदिश खनाल, लेखक संघका पुर्व सहसचिव तथा प्रतिवादी लेखक ज्वालामुखी, कवि विवेक ढकाल, लेखक नारायण नेपाल, ध्रुव पुडासैनी, रामराजा तिमल्सिना लगायतले लेखन र साहित्य मार्फत् समाजलाई परिवर्तन तथा न्यायपुर्ण समाज निर्माणमा निर्देशित गर्न अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*