करीब ४८ करोड लागतमा निर्माण हुन लागेको बहुउदेस्यीय व्यापारीक भवनको शिलान्यास
हेटौंडा ४ हुप्राचौरमा बासुदेव बहुउदेस्यीय व्यापारीक भवनको शिलान्यास गरिएको छ ।
४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा भ्यूटावर सहित निर्माण हुन लागेको ११ तले भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा मेयर महतले आफुले चुनावमा उठ्नु अघि आम जनतामाझ घोषणापत्र मार्फत उल्लेख गरेअनुसारनै भवन निर्माण गर्न लागिएको बताउनुभयो । यस भवन निर्माण पछी उपमहानगरपालिकाको आन्तरिक श्रोतमा धेरै बृद्धी हुने मेयर महतको विश्वास छ ।
भवन निर्माणका लागि भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आव्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरर काम सुरु गरेको हो । ११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका योजना महासाखा प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।
व्यापारिक भवनको सबै भन्दा माथी भ्यू टावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिनेछ । तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताउनुभयो ।
हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाका महासाखा प्रमुखहरु, कर्मचारीहरु, समाजसेवि लगायतको आतिथ्यता रहेको थियो ।