यू – १८ महिला साफ च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरियो

छहारी संवाददाता
चैत्र १०, २०७८

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरिएको छ ।

भारतको जमसेदपुरमा भएको चौथो खेलमा बङ्ग्लादेशसंग २–१ गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो । पहिलो खेलमा नेपाल भारतसंग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसंग ४–२ र तेस्रो खेलमा भारतसंग ५–१ गोलले पराजित भएको थियो ।

बङ्ग्लादेशले ३ खेलमा ६ अङ्क जोडेको छ । अब उपाधिका लागि भारत र बङ्ग्लादेश बिच प्रतिष्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*