कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन

छहारी संवाददाता
चैत्र ९, २०७८

हेटौंडा ७ न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन भएको छ।

बुधबार आयोजित भेलाले पवन अधिकारीको नेतृत्वमा कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा लोकनाथ खनाल, सचिवमा भरत खत्री, सहसचिवमा स्मृति पौडेल चयन हुनु भएको छ ।

कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा कांग्रेस हेटौंडा ६ का प्रतिनिधि अर्जुन प्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा ७० वर्ष उमेर पुगेका १० जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो।

कांग्रेस हेटौंडा ७ का सभापति दामोदर गौतमको अध्यक्षतामा सम्पन्न भेलामा ७ नम्बर कार्य समिति उपसभापति रितु प्रसाद तिम्लसिना, उमेश केसी,सचिव प्रकाश कार्की, कोषाध्यक्ष राम चन्द्र अधिकारी कांग्रेस हेटौंडा नगर सदस्य दिलीप घिमिरे,कुल प्रसाद चौलागाई, महिला संघ ७ नम्बर सभापति सम्झना अधिकारी लगायतको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*