हेटौंडा वडा नम्बर ८ को कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग

छहारी संवाददाता
चैत्र ६, २०७८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै वडा कार्यालय र वडावासी तथा टोलविकास सस्थाले मकवानपुरका सहायह प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैरेलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार वडा कार्यलयबाट र्यालीसहित प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको हो ।

वडा कार्यलयमा जम्मा भएर वडावासीले तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग सहित रयालीको घटनामा दोसीहरुलाई कानून बमोजिम कार्बाही गर्नका लागि स्थानीयहरुले माग गरेका हुन् । कानून अनुसार कार्बाही नगरे आन्दोलनमा उत्रने समेत स्थानीयहरुले चेतावनी दिएका छन् ।

गत शुक्रबार वडा कार्यालयमा केहि अराजक समूहबाट गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार ,टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुर्सी सडकमा फ्यालेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । वडा वासीको सरक्षाको लागि त्यस्ता अराजक समूहलाई तुरुन्त कारबाही गर्नुपर्ने उनिहरुले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*