कोरोना रोकथाम तथा नियन्त्रणका लागी मकवानपुरमा थप २ बुँदे आदेश जारी

छहारी संवाददाता
माघ १६, २०७८

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले आइतबार थप २ बुँदे आदेश जारी गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग प्रजिअ पाण्डेले आदेश जारी गर्नुभएको हो ।

जारी आदेशमा भिडभाड हुने स्थानहरु सिनेमा हल, दोहोरी, डान्सबार, जिम क्लव, हेल्थ क्लव, स्विमिङ पुल, पिकनिक स्थल, खेल मैदान, फुटसल, पटके हाटबजार लगायत मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्न भनिएको छ । त्यस्तै खोप सञ्चालनार्थ बाहेक विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य शैक्षिक क्रियाकलाप भौतिक रुपमा नगर्न जारी आदेशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*