मकवानपुरमा मास्क नलगाई हिँड्नेलाई जरिवाना

छहारी संवाददाता
माघ ९, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने भएको छ । अब प्रशाशनले सार्वननिक स्थानमा विना मास्क हिँडडुल गर्नेलाई एक सय जरिवाना तिराउने भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैंठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कार्यन्वयनमा कडाइ गर्ने निर्णय गरेको छ । मास्क नलगाई हिँडने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने छ । साथै बैठकले बजारमा हुने भिँडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने र खोपको कभरेज बढाउने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*