मकवानपुरमा बुधबार २४६ जनामा कोरोना पुष्टि
बुधवार मकवानपुरमा २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १सय ९२ जनाको पीसीआर र १ सय ४५ जनाको एन्टीजेन गरी जम्मा ३ सय ३७ जनाको कोरोना परिक्षण गर्दा २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १६ हजार ५ सय ५३ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ५६ जना सङ्क्रमण मुक्त भएका छन् ।अहिले मकवानपुरमा १ हजार २७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।