काठमाडौंमा कोरोना नियन्त्रण गर्न २७ बुँदे आदेश जारी
केहीदिनयता नेपालमा कोरोना तीब्र गतिमा बढ्दै गएपछि त्यसलाई रोक्न विभिन्न निकायबाट पहल भइरहेका छ ।
संक्रमण व्यापाक रहेका काठमाडौं उपत्यकाका तीन जिल्लाले त्यसलाई रोक्न नयाँ आदेश जारी गरेका छन् । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले एउटै व्यहोराको २७ बुँदे आदेश जारी गरेका छन् , हेल्थपाटी डटकममा खबर छ ।
पुस ३० गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भई जारी भएको आदेशकै आधारमा जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरेका हुन् । आदेशमा भेला, सभा गर्न नपाउने, माघ ७ गतेदेखि र्साजनिक स्थलमा जानका लागि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, तोकिएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन् ।
यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुयाउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० वमोजिम सजाय हुने आदेशमा भनिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँदे जारी गरेको आदेश