काठमाण्डौका १७ ठाउँमा आजदेखि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा दिइँदै
काठमाण्डौका १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ । हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै हिजो सुरु हुन सकेन ।
तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाण्डौका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ। साभाारः उज्यालो अनलाइन ।