खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पालिकालाई सरकारको निर्देशन

छहारी संवाददाता
माघ ३, २०७८

सरकारले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पालिकालाई निर्देशन दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको हो ।

पालिकाको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्नुपर्ने, महानगरपालिका र उपमहानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोप केन्द्रहरू राख्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै विदेशबाट नेपाल आउनेहरूमा कोरोना नेगेटिभ देखिए पनि पाँच दिन अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भएको छ । विदेशबाट नेपाल आउनेले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि पाँच दिनसम्म क्वरेण्टीन बस्नुपर्ने आदेशमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*