पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि मकवानपुरमा एक संक्रमितको मृत्यु
कोरोनाको तेस्रो लहर सुरु भएसंगै मकवानपुरमा एक संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा उपचारतरत हेटौंडा ११ बस्ने ६७ वर्षका एक पुरुषको मृत्यु भएको हो । यसैबीच आइतबार ६० जनाको एन्टीजेन परीक्षण गर्दा ४० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी मनहरी गाउँपालिकाका १३ जना छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका ८ जना, थाहा नगरपालिकाका ७ जना, बकैया गाउँपालिकाका ६ जना, कैलाश गाउँपालिकाका ५ जना र बागमती गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जानकारी दिएको छ ।