सरकारले आजदेखि कोरोना विरुद्धको बुस्टर खोप दिँदै, क-कसले पाउँछन् ?

छहारी संवाददाता
माघ २, २०७८

सरकारले आजदेखि कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाउन सुरु गर्दैछ ।

आजदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ ८ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै सक्रिय क्यान्सर बिरामीहरु, अंग प्रत्यारोपण गरेका बिरामीहरु, एचआइभी भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका बिरामीहरुले पनि बुस्टर मात्रा खोप पाउनेछन् , हेल्थपाटी डटकमले लेखेको छ ।

खोप लगाउन जाँदा पहिला लगाएको खोप कार्ड लिएर जानपर्नेछ । बुस्टर मात्रा खोप लगाउन परिवार कल्याण महाशाखाले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*