कोरोनाको तेस्रो लहर रोकथामका लागि मकवानपुर प्रशासनद्वारा ९ बुँदे आदेश जारी

छहारी संवाददाता
पुस २८, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको तेस्रो लहर रोकथामका लागि ९ बुँदे आदेश जारी गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो ।

प्रशासनको निर्णय मंगलबार राती १२ बजेबाट जिल्लाभर लागु भएको छ भने आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी समेत दिइएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश अनुसार प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा आवश्यक काम परी घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने नगराउने र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न मकवानपुरवासीमा आह्वान गरिएको छ ।

भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित भएर गरिने सबै प्रकारका कार्यक्रम आयोजना गर्न नपाइने र अत्यावश्यक नगरी नहुने कार्यक्रमको हकमा प्रशासनको अनुमती लिएर मात्रै संचालन गर्न पाइने छ । सरकारी कार्यालय, सार्वजनिक संस्थान बैंक,वित्तिय संस्था तथा सहकारीहरुले भिड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न पाइने ब्यवस्था मिलाईएको छ । सबै विद्यालयहरुमा बार्षिक विदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बन्द हुने छ भने सबै शैक्षिक संस्थाले पुर्वनिधारित परिक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी संचालन गर्न पाउने जारी आदेशमा उल्लेख गरिृएको छ ।

होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरुको हकमा दैनिक निसंक्रमित गर्ने ब्यवस्था मिलाउने र कामदार तथा कर्मचारीहरुदलाई अनिवार्य मास्क, फेसफिल्ड लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड सुनिश्चत गर्नुपर्नेछ । त्यस्तै उद्योग कलकारखाना तथा ब्यापार ब्यवसाय संचालनको हकमा पनि भिडनहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्न गराउनु पर्नेछ ।

सार्वजनिक यातायातहरुमा चालक, सहचालक तथा यात्रुहरुलाई मास्क अनिवार्य गर्ने र खोप लगाएका ब्यक्तिलाई मात्र यात्राको सुनिश्चितता गर्न जिप्रका मकवानपुरले आदेश जारी गरेको छ । आदेश अनुसार जिल्लाभरका धार्मिक स्थालको हकमा भने नित्य पुजाँ बाहेक अन्य क्रियाकलापहरु संचालन गर्न भनेको छ । त्यसैगरी पार्क तथा पिकनिक स्पोटहरु र खेलमैदानमा हुने सामुहिक खेलकुदहरु बन्द गर्न आदेश जारी गरेको छ ।

प्रशासनको आदेश पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*