एमाले मकवानपुरको जिल्ला अधिवेसन आज हेटौंडामा हुँदै

छहारी संवाददाता
पुस २३, २०७८

एमाले मकवानपुरको आज जिल्ला अधिवेसन हेटौंडामा हुँदैछ । आज दिउँसो बन्दसत्रका कार्यक्रम रहेको छ ।

साँझबाट भने बन्दसत्रका कार्यक्रम हुने र उमेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । एमाले मकवानपुरको नेतृत्वका लागि सहमतिमा चयनको पहल भइरहेको छ । तर, अध्यक्ष र पदाधिकारीमा तोकिएको पद भन्दा दोब्बरले आकांक्षा देखाएका छन् ।

जिल्ला कमिटी सदस्यमा भने युवाहरुले हस्क्षपकारी भूमिका खेल्ने तयारी गरेका छन् । नयाँ र सुदृढ पाटी निर्माणका लागि भन्दै एमाले मकवानपुरको पदाधिकारी र सदस्यमा युवाहरुले हस्ताक्षपकारी भुमिका खेल्ने भएका छन् । जिल्ला कमिटीमा युवाहरुले उमेदवारी दिने तयारी गरेका छन् ।

एमाले मकवानपुरको जिल्ला अधिवशेन २३ र २४ गते दुई दिन हुँदैछ । अधिवशेनको लागि जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित् सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।

९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी बन्दैछ । अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ ।

कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् । यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६र६ जना पर्ने भएका छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*