ज्योति महिला कृषक समूह हर्नामाडीद्धारा अनुदानमा खरिद बाख्राको पशुधन बिमा

छहारी संवाददाता
पुस २२, २०७८

ज्योति महिला कृषक समूह हेटौंडा १८ हर्नामाडीले बिहिरबार अनुदानमा खरिद बाख्राको पशुधन बिमा गरेको छ ।

गुम्बाडाँडा टोल कार्यक्षेत्र रहेको समूहले आफ्ना सदस्य कृषक महिलाले पालन गरेका २२ वटा बाख्राको पशुधन बिमा गरेको हो ।
समूहकी अध्यक्ष भवानी बञ्जराले प्रत्येक बाख्राको दुई सय रुपैयाँका दरले पशुधन बिमा गरिएको जानकारी दिनुभयो । अध्यक्ष बञ्जराले स्थानिय जातका खरी र जमुनापारी जातका बाख्राको पशुधन बिमा गरिएको बताउनुभयो ।

उहाँका अनुसार हेटौंडा उपमहानगरपालिका र वडा कार्यालयबाट प्राप्त अनुदानमा आएका बाख्राको अनिवार्य रुपमा पशुधनबिमा आवश्यक पर्ने भएकाले एक वर्षका लागि पशुधन बिमा गरेको हो ।

कोषाध्यक्ष भवानी सिलवालले प्रति बाख्रा दुई सय रुपैयाँका दरले ४ हजार ४ सय रुपैयाँ बिमा कम्पनीलाई बुझाइएको बताए । उनले हेटौंडामा शाखा रहेको प्रुडेन्सियल इन्सुरेन्स कम्पनीबाट पशुधन बिमा गराइएको जानकारी दिनुभयो ।

हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँले सरकारको दिइने अनुदानको व्यवस्थाले अहिले यस वडामा पनि कृषि तथा पशु पालनमा कृषकहरुको आर्कषण बढ्दो रहेको बताउनुभयो । उहाँले हर्नामाडीलाई कृषिका क्षेत्रमा अझै अब्बल बनाउन आवश्यक तयारी एवं सहयोग गरिने समेत दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*