मकवानपुरमा मानवअधिकार उलङ्घनका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक
गत बर्षको तुलनामा यस बर्ष मकवानपुरमा मानवअधिकार उलङ्घनका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्लामा मानवअधिकार उलङ्घनका घटनामा गतबर्ष भन्दा बढोत्तरी भएको जनाएको छ ।सन् २०२० मा जिललामा ६२ वटा उलङ्घनका घटना भएकोमा सन् २०२१ मा ७८ वटा मानवअधिकार उलङ्घनका घटना भएको बताएको छ ।
इन्सेकका अनुसार सन् २०२१ मा मकवानपुरमा ६ महिला, ४ पुरुषको हत्या , बालबालिका माथिको बलात्कार २८, यौन दुव्र्यवहार ५, बेचखिन १ वटा भएका छन् । त्यस्तै जिल्लामा २१ महिला बलात्कृत भएका छन् भने, बलात्कार प्रयास ५, दुव्र्यव्हार १, बहुविवाह ६ वटा भएको जनाएको छ ।
इन्सेकको २९ औं संस्करणको पुस्तकमा उल्लेखित घटनाहरु समाबेश हुने जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय सभापति रघुनाथ खुलालले अरुको अधिकार रक्षाका लागि हामी आफै जागरुक हुनु पर्ने धारणा व्यक्त गरेका थिए । इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारी, सुरक्षा निकायका प्रतिनिधि, मानवअधिकार सम्वद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।