भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्दै, विमानमा सवार १७९ यात्रुमध्ये १२५ जनामा संक्रमण पुष्टि
भारतको एक विमानमा इटालीबाट आएका १७९ यात्रुमध्ये १२५ जनामा कोरोना संक्रमण देखिएको छ ।
इटालीबाट पञ्जाबको अमृतसर अन्तर्राष्ट्रिय विमानस्थलमा आएको इयर इन्डियाका विमानमा यत्रो संख्यामा कोरोना संक्रमण देखिएको भारतीय मिडियाले जानकारी दिएका छन्, हेल्थपाटी डटकमले लेखेको छ। भारतीय मिडियाका अनुसार कुनैपनि उडानमा यत्रो संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो ।
भारतीय समय अनुसार आज दिउँसो साढे ११ बजे विमान अवतरण भएको थियो । विमानमा रहेका १६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । १२५ जनाको रिपोर्ट पोजेटिभ आयो। विमानमा १७ जना बालबालिका थिए। बालबालिकाको परीक्षण गर्ने व्यवस्था नभएको विमानस्थलका अधिकारीले बताएका छन् ।
कोरोना पोजेभिट देखिएका यात्रुहरुलाई स्वास्थ्य विभागका जिम्मा लगाई अमृतसागरमै आइसोलेसनमा राखिएको छ । उनीहरुको पीसीआर परीक्षणका साथै नमुनाको जिन सिक्वीन्सिङ समेत गर्ने तयारी गरिएको छ ।