मकवानपुरमा कुकुरले टोकेर रेबिज लागेका एक पुरुषको मृत्यु

छहारी संवाददाता
पुस २२, २०७८

मकवानपुरमा कुकुरले टोकेर रेबिज लागेका एक पुरुषको मृत्यु भएको छ ।

कुकुरले टोकेर रेबिज लागेका हेटौंडा उपमहानगरपालिका ६ रामनगरका ५५ वर्षका श्यामफुल बलामीको बिहिबार मृत्यु भएको हो । उहाँलाई असोज महिनामा कुकुरले टोकेको भएपनि ५ दिन अघिबाट मात्र रेविजको लक्षण देखिएको उहाँको भाइ रामफुल बलामीले जानकारी दिनुभयो ।

पानीसँग डराउने, आतिने लगायतका समस्या देखिएपछि उहाँलाई हेटौडा अस्पताल लगिएको र त्यहाँबाट थप उपचारकालागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो ।

कुकुरले टोक्नेबित्तिकै रेबिजविरुद्धको सुई नलगाएका कारण रेबिज लागेको चौघडा स्वास्थ्य चौकीका इन्चार्ज टि.एन पौडेलले बताउनुभयो । संक्रमितसँगको सम्पर्कमा आएका परिवारका ६ जना सहित समुदायका ३४ जनाले एन्टि रेबिज भ्याक्सिन लागाइसकेका पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*